१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।नेपाली नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो । उहाँले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७ सोमबार ००:००  १० : १६ बजे