मायादेवी अनलाइन, तौलिहवा ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले चैत्र ११ गते देखी मुलुक लकडाउन गरेको छ। देशभर लकडाउन गरिरहदा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुलाई समस्या भएको छ ।
सोही समस्यालाई मध्यनजर गर्दै तिनाउ मिसन डेभलपमेन्ट बैंक तौलिहवा शाखाले आइतवार कपिलवस्तु नगरपालिकालाई खाधान्न सामाग्री सहयोग गरेको हो । तौलिहवा शाखाका प्रवन्धक नबिन भुसालले कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिँह लाई खाधान्न राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो। सो सहयोग बैंकको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत रहेर गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताउनुभयो ।
यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिँहले नगरपालिकाले स्थापना गरेको दैवीप्रकोप उद्धार विषेश कोषमा तिनाउ मिसन डेभलपमेण्ट तौलिहवा शाखाले खाधान्न सहयोग गरेर सामाजिक उत्तरदायित्व बहनगरेकोमा बैंकलाई धन्यवाद दिनुभयो। सहयोग सानो ठुलो नहुने बताउदै सिँहले मुलुक संकटमा गुज्रिरहेको अवस्थामा सहयोगी हात अगाडी बढाउनुनै महानकार्य भएको बताउनुभयो ।
प्रतिक्रिया