मायादेवी अनलाइन, जितपुर ।
कपिवस्तु जेसीजले उदाहरणीय काम गरेको छ । विश्वनै कोरोनाको चपेटामा परेका बेला जेसिस कपिलवस्तुले घरघरमा डाक्टर अभियान संचालन गरी स्वास्थ्य जाच्ने काम गरेको थियो । यस्तै कोरोनाको महामारी फैलिएको बेला कसैलाइ पनि रगत अभावमा ज्यान गुमाउन नपरोस भनेर जेसिजले रक्तदान कार्यक्रम गरेको अध्यक्ष मनोज कुमार क्षेत्रीले बताउनुभएको छ । कार्यक्रमबाट ५० यूनिट रगत संकलन गरिएको छ । मूलुक लकडाउन हुदा कुनै पनि कार्यक्रम हुन नपाएको र यस्तो समयमा रगतको अभाव हुने भन्दै रक्तदानकार्यक्रम गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । कोरोना संक्रमणलाई मध्यनजगर गर्दै सामाजिक दुरी कायम गरी कार्यक्रम गरिएको महासचिव प्रविन पौडेलले बताउनुभएको छ । रक्तदानगरी अभियानलाई सम्पन्न पार्न सघाउने सम्पूर्णलाई जेसिस कपिलवस्तु धन्यवाद दिएको छ ।
३० चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया