१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा आइतबार १ सय १५ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट ‘नेगेटिभ ’



कपिलवस्तु, तौलिहवा ।
कपिलवस्तुमा आज एकै दिन १ सय १५ जनाको र्यापिड टेस्ट गरिएको छ । जिल्लाका विभिन्न पालिकाले तयार पारेको क्वारेन्टाइनमा रहेकोको रयापिड टेस्ट गरिएको हो ।
आईतावार बिजयनगरमा ६३, मायादेबीमा १७, शुद्धोधनमा १६, कृष्णनगरमा ८, कपिलवस्तु नगरपालिकामा ५, बाणगंगामा ४ र शिवराज नगरपालिमामा २ जनाको टेस्ट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।
शनिवार सुद्धोदन गाउपालिकामा १२ जना र शिवराज नगरपालिकामा ६ जनाको टेस्ट गरिएको थियो । अहिले सम्म सबैको रिपार्ट नेगेटिभ देखिएको भगतले बताए । क्वारेन्टाईनमा १४ दिन बसेकोहको टेस्ट भएको उनले बताए । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशानलयले कोभिड डाईग्नोटीस्क टेस्ट किट जिल्लामा पठाएको थियो । शुक्रबार टेस्टकालागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । उनका अनुसार ७ सय थान टेस्ट किट प्राप्त भएको छ ।
प्रदेशबाट आएका प्राबिधक टोलीले टेस्टका बिषयमा तालिम दिएको थियो । यस्तै स्वास्थ्यकर्मीका लागि पिपिई, आवश्यक केमिकल समेत आएको छ । एक जना पालिकाका २ जना कर्मचारी गरी १० पालिकाबाट २० जना खटिएका छन । जिल्लाका १० पालिकामा संचालन गरिएको क्वारेन्टाईनमा ८ सय ५० जना रहेकोमा आईतावार साझ सम्म १० पालिकाले तयार गरेको ९ सय ८२ क्वारेन्टाईन बेडमा ८ सय ५० जना रहेका र ३ सय २४ डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ५ सय ५६ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा २७ महिला र बाकी पुरुष छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ७ : १६ बजे