१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

खोटाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयो



खोटाङ ।
केपीलासगढी गाउँपालिका–१, फेदी तोमानेमा शनिबार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । चट्याङबाट ज्यान गुमाउनेमा स्थानीय पर्खजित राईका १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिक रहेका प्रहरीले जनाएको छ । शनिबार साँझ पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो । चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  १२ : ४२ बजे