एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्था मध्यम छ । आज बिहानसम्म अमेरिकामा सबैभन्दा धेरै २० हजार ५७७ जनाको ज्यान गएको छ । इटलीमा भन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको छ । इटलीमा १९ हजार ४६८ को ज्यान गएको छ भने स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ बेलायतमा ९ हजार ८७५ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमितको पहिचान भएको छ । जसमा अमेरिकामा मात्रै ३० हजार कोरोनाका संक्रमित थपिएका छन् । उता बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ९१७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ९१७ जनाको ज्यान गएसँगै बेलायतले सबै नागरिकलाई पुनः घर भित्रै बस्न भनेको छ । अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा उपचारको क्रममा ९ हजार ८७५ जनाको ज्यान गएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो ।न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले बताएका थिए ।उनको कोभिड–१९ कै कारण शनिबार निधन भएको द न्यूयोर्क टाइम्सले नजिकका तीन साथीलाई उद्धृत गर्दै जनाएको छ । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।
३० चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया