एजेन्सी ।
बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ९१७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ९१७ जनाको ज्यान गएसँगै बेलायतले सबै नागरिकलाई पुनः घर भित्रै बस्न भनेको छ ।अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा उपचारको क्रममा ९ हजार ८७५ जनाको ज्यान गएको छ ।
लगातार दोस्रो दिन ९ सय भन्दा बढीको मृत्यु भएको हो । यसअघि शुक्रबार पनि बेलायतमा कोभिड–१९ बाट ९८० जनाको मृत्यु भएको थियो । बेलायतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७८ हजार ९९१ पुगेको छ ।यसैबिच प्रधानमन्त्री बोरिस जोन्सनले साथीहरुसँग आफ्नो जीवन नेशनल स्वास्थ्य सेवाका कर्मचारी ९स्वास्थ्यकर्मी० हरुको देन रहेको र आफू सदैव ऋणि रहने बताएका थिए ।
प्रधानमन्त्री जोन्सन अहिले लण्डनको अस्पतालमा उपचाररत छन् । उनले आउँदो हप्ता पनि आराम गर्ने र काममा फर्किन हतारो नगर्ने जनाइएको छ । कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका जोन्सनलाई गएको अइतबार अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया