मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकाले अतिविपन्न तथा मजदुर परिवारलाई पहिलो चरण अन्तरगत राहत वितरण गरेको छ । नगरका गरिव तथा विपन्न परिवारको तथ्याङक संकलन गरी उनिहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरण अन्तगत १ हजार ९ सय ३५ परिवार लाभान्वित भएका छन् भने छुटेकालाई दोस्रो चरण अन्तरगत राहत वितरण गर्ने प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । हिजो वडा नम्बर ७, ८, ९, १० र ११ का अति विपन्न ८ सय ८१ परिवारलाई राहत बाडिएको हो भने आज वडा नम्बर १, २, ३, ४, ५ र ६ का गरी कुल १ हजार ५४ परिवारलाई राहत बाडिएको हो ।
नगरपालिकाका प्रतिनिधी र सम्बन्धीत वडा अध्यक्षको रोहबरमा विभिन्न खाद्यान्न सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । लामो समयको लकलाउनका कारण नगरका गरिव तथा मजदुरको घरमा चुलो बल्न छाडेको भन्दै वडाले पठाएको सिफरिसको आधारमा उनीहरुलाई राहत वितरण गरिएको हो ।
सबैलाई एकै प्रकारले राहत वितरण गर्दा धेरै परिवार हुनेलाई समस्या हुने भन्दै परिवार संख्याको आधारमा राहत बाडिएको वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रवक्ता विष्णु पौडेलले मायादेवी लाई जानकारी दिनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक अहिले लकडाउनमा छ । गत चैत्र ११ गते देखीको लकडाउनका कारण गरिव तथा अतिविपन्न परिवार मारमा परेका छन् ।
२९ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया