मायादेवी अनलाइन, चारनम्बर ।
बुद्धभूमि नगरपालिकाले सोमबारबाट राहत वितरण गर्ने जनाएको छ । कोरोना महामारीले लामोसमयसम्म मुलुक लकडाउनको अवस्थामा रहेकाले, ज्याला मजदुरी गर्ने, श्रमिक र अति विपन्न परिवार मारमा परेको हुँदा उनीहरुलाई पर्सी सोमबारबाट राहत वितरण गर्न लागिएको हो । नगर पालिकाका प्रमुख केशव कुमार श्रेष्ठका अनुसार १० वडाबाट लगत संगलन गरी २८ सय ५१ परिवारलाई राहत वितरण गर्न लागिएको जानकारी दिनु भयो ।
राहतको लागि सर्वपक्षीय छलफलगरी टेण्डर दिइसकेपछि राहत वितरण गर्न लागिएको नगर प्रमुख श्रेष्ठले मायादेवी रेडियोलाई जानकारी दिनुभयो । उहाँले लगत संकलन गर्न कुनै ब्यक्ति छुटेको भए तिनीहरुलाई दोश्रो चरणमा राहत दिने पनि बताउनु भयो । नगरभित्रका कोही पनि ब्यक्तिलाई लक डाउन अवधिभर खान बस्न समस्या नहुने गरी नगरले योजना बनाइरहेको पनि श्रेष्ठको भनाई छ ।
२९ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया