१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

हावाहुरी, चट्याङसहित मेघगर्जन सतर्कता अपनाउन आग्रह



काठमाण्डौ ।
काठमाण्डौ सहित मध्य पहाडी, पूर्वी पहाडी र पश्चिमका केही पहाडी क्षेत्र तथा तराई क्षेत्रमा अहिले मेघगर्जनसहित हावाहुरी चलिरहेको छ ।
शनिबार बेलुकीसम्म चट्याङसहित मेघगर्जन र हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महनशाखाले आग्रह गरेको छ ।
तराईका धेरै ठाउँमा अहिले बादल विकसित भइरहेकोले त्यस ठाउँमा पनि सतर्कता अपनाउन महाशाखाका मौसमविद गङ्गा नगरकोटीले आग्रह गर्नुभएको छ । अहिले दाङ, कपिलवस्तु र रुपन्देही लगायतका ठाउँहरुमा मेघगर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले ट्वीटरमार्फत प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका कारण चट्याङ, मेघगर्जन र हावाहुरीसहितको वर्षा लामो समयसम्म भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ६ : ०७ बजे