१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फिफा भन्छ – फुटबल सुरु गर्न हतार नगरौ



एजेन्सी ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएको छ ।फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।
कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धलेकिएको छ ।‘खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको कुनै पनि एक मानव जातिलाई खतरामा राख्न सही छैन ।’ ईन्फान्टिनोले भनेका छन् ।‘खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुन्छ ।’ उनले भनेका छन् ।

विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष ईन्फान्टिनोले सुरक्षानै पहिलो प्राथमिकतामा पर्ने उल्लेख गरे ।‘पर्याप्त तनाव लिन सक्दिन ।’ उनले सदस्य संघलाई भनेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता, हाम्रो सिद्धान्त, हामी आफ्ना प्रतियोगिताको लागि उपयोग गर्नेछौ । र सबैलाई पालना गर्न प्रोत्साहीत गर्नेछौ । र स्वास्थ्य पहिलो प्राथमिकतामा आउनेछ ।’

विश्वभर फुटबललाई कसरी सुरुवात गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।विश्वभरको अधिकांश क्लबले खेलाडीको तलब कटौती गर्दै वर्तमान वित्तिय संकटलाई टार्दै आएका छन् ।‘सतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुन सूर गर्न दबाब दिनु गैरजिम्मेवारी हुनु हो ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ६ : ३२ बजे