मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले गरेको लकडाउनका कारण गरिब, विपन्न मजदुर परिवारको जीवनयापनमा सहज बनाउन स्थानीय सरकारले राहत वितरण शुरु गरेका छन् । लकडाउनका कारण सवै कामकाज ठप्प भएपछि मजदुर वर्गको जीवनयापन कष्टकर हुन नदिन अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो । जस अन्तरगत वाणगंगा नगरपालिकाले शुक्रबार देखि राहत वितरण शुरु गरेको छ । नगरपालिकाका ११ वटै वडामा शुक्रबार र शनिबार राहत वितरण हुने नगर उपप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाले शुक्रबार वडा नं. ७ देखि ११ वडा सम्म राहत वितरणका लागि खाद्यान्न पठाइसकेको छ । सोही वमोजिम वडा अध्यक्षहरुले टोल विकास संस्था मार्फत गरिब विपन्न घरपरिवारलाई चामल, दाल, तेल, नुन, साबुन वितरण गरेका छन् भने त्यस्तै शनिबारबाट वडा नं. १ देखि ६ सम्मका वडाहरुमा राहत सामग्री वितरण गरिने नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा नगरका १ हजार ९ सय ३४ गरिव विपन्न मजदुर घरपरिवारलाई राहत सामग्री वितरण गरिदै छ । जस अन्तरगत वडा नम्बर १ मा २ सय ८४, वडा नं.२ मा २ सय २१, वडा नम्बर ३ मा ७४, वडा नम्बर ४ मा १ सय ८२, वडा नम्बर ५ मा १ सय २३, वडा नम्बर ६ मा १ सय ६९, वडा नम्बर ७ मा २ सय ३५, वडा नम्बर ८ मा २ सय ३५, ९ मा ८३, १० मा १ सय २९ र वडा नम्बर ११ मा १ सय ९९ घरपरिवार रहेको शिक्षा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभएको छ । उक्त तथ्याँक नगरपालिकाले कार्यविधि अनुसार राहत वितरणका लागि सवै वडा मार्फत गरिब विपन्न मजदुर परिवारको नामावली संकलन गरेको थियो ।
राहत वितरणका लागि नगरका १ हजार ९ सय ३४ मध्ये ५ जना भन्दा कम परिवार संख्या १६ सय ३ छन् भने ५ भन्दा माथिको परिवार संख्या ३ सय ३१ रहेको छ । राहत सम्बन्धी मापदण्ड अनुसार ५ जना सम्मको परिवारलाई २० किलो चामल, २ केजी दाल, १ लिटर तेल, १ पोका नुन र हात लुगा धुने सावुन रहेको छ । त्यस्तै ५ जना भन्दा बढिको परिवारलाई ३० केजी चामल, ३ किलो दाल, डेढ लिटर तेल, १ पोका नुन र हात र लुगा धुने साबुन रहेको छ ।
२८ चैत्र २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया