१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कोरोनाबाट विश्वभर झण्डै १ लाखको मृत्यु , ३ लाख बढी निको भए




काठमाडौँ ।

कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार २ सय ८६ पुगेको अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६३ पुगेको छ ।

स्पेनमा १५ हजार ४ सय ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ । यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ७ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर बितेको २४ घण्टामा ८४ हजार ४ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित १६ लाख २ हजार ६ सय १९ जना मध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ४९ हजार १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ।

यस्तै विभिन्न स्थानहरुकोे रिपोर्ट आउने क्रम रहेका आधिकारिक तथ्यांक संकलन क्रम रहेकाले पछिल्लो २४ घण्टा मृतकको संख्या १ लाख हुन सक्ने अन्य अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दर अझै उच्च जाने खतरा रहेको पनि विबिसी लगायतका संचारमाध्यमले आंकलन गरिरहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ४१ बजे