११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोनाले लियो अमेरिकामा थप एक नेपालीको ज्यान



अमेरिका ।

कोरोना भाइरस (कोभिड१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका (४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् ।

शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ८ : ३० बजे