वाशिङ्टन । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीको उमेदवारीको दौडबाट बर्नी स्यान्डर्स बाहिरिएका छन् । उनले बुधबार डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उमेदवारको आफ्नो अभियान अन्त्य गरेको घोषणा गरेका हुन् ।
उनी डेमोक्रेटिक दौडबाट बाहिरिएसँग अर्का उमेदवरा जोइ बाइडेन अब डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उमेदवार हुने निश्चित भएको हो । उता रिपब्लिकनका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै दोहोरिने लगभग निश्चित छ ।
आगामी नोभेम्बरमा बाइडेनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । डेमोक्रेटिक दौडबाट बाहिरिएको घोषणा गरेका बर्नीले भने, ूमलाई आशा छ, म तपाईंहरुलाई राम्रो समाचार दिनसक्छु । तर, मलाई लाग्ट सत्यता तपाईंलाई थाहा छ । र, त्यो हो पूर्वउपराष्ट्रपतिभन्दा पछि ३०० जना आकांक्षीहरु थिए । सबैले विजयतर्फको यात्रा गर्नु लगभग असम्भव छ ।
हामीले सैद्धान्तिक लडाई जितेका छौं र देशभरका धेरै युवाको मन जितेका छौं र देशभरबाट समर्थन प्राप्त गरेका छौं । तर, डेमोक्रेटिक उमेदवार बन्ने दौड भने सफल हुन सकेन । त्यसकारण मैले आज उमेदवारको अभियान अन्त्य गरेको छु ।उनले यो निर्णय सामान्य नभई निकै अप्ठ्यारो र पीडादायी भएकोसमेत बताएका छन् । ( सीएनएन)
प्रतिक्रिया