काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस आडानोम घेब्रियससले जेनेभामा नियमित ब्रिफिङका क्रममा कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई गरेको सहयोग कटौती गर्ने विषयमा दिएको चेतावनीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
उनले भने, अहिले सम्पूर्ण राजनीतिक दलको जोड भनेको मानिसको जीवन बचाउने हो । यदि कुनै राष्ट्र अथवा विश्वव्यापी रुपमा फुट उत्पन्न भएमा भाइरसको जित हुनेछ ।हामीले विश्वभरबाट ६० हजार मानिस गुमाइसकेका छौं । हामी के गरिरहेका छौं र,उनले भने, कोभिड(१९ लाई लिएर राजनीति गर्नु आवश्यक छैन ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोना भाइरस नियन्त्रणको पहलमा कमजोरी गरेको र चीनतर्फ बढी केन्द्रित भएको आरोप लगाउँदै अमेरिकाले दिने सहयोग बन्द गर्ने चेतावनी दिएका थिए ।डब्लूएचओ प्रमुख घेब्रियससले अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने, मलाई पूर्ण विश्वास छ कि अमेरिकाले आफ्नो सहयोग जारी राख्नेछ ।
उनले थपे, दैनिकरुपमा विश्व साँघुरिँदै गएको छ भने विगतभन्दा अहिले एक्यबद्धताको निकै ठूलो महत्व भएको छ । त्यसकारण यस भाइरसविरुद्ध सब एक भएर लड्न आवश्यक छ ।
त्यसैगरी डब्लूएचओले कोरोना भाइरस कुनै घरपालुवा जनावरबाट सरेको प्रमाण नभेटिएको समेत बताएका छन् । डब्लूएचओको इमर्जिङ डिजिज् युनिटुका निर्देशक मारिया भान केरखोभले भनिन्, ूचीनको कोरोना संक्रमण देखिएसँगै गरिएको एक अध्ययन अनुसार बिरालोमा पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने बताइएको थियो । तर, बिरालोले मानिसमा कोरोना सार्ने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।
( बीबीसी
प्रतिक्रिया