नवलपरासी ।
कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि पश्चिम नवलपरासीमा कैदीबन्दी रिहा गर्न थालिएको छ । जिल्ला अदालतको आदेशानुसार कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दैै ३ जना कैदीबन्दीलाई रिहाइ गरिएको जिल्ला कारागार परासीले जनाएको छ ।
कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिएपछि सर्वोच्च अदालतको निर्णयमा कैदीबन्दीको निवेदन र जिल्ला अदालतको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर जगत बस्नेतले जानकारी दिए । उनका अनुसार रिहा हुनेमा पश्चिम नवलपरासीको सुस्ता–२ का प्रमोद अमात्य (प्रवीन), रुपन्देही देवदह–७ का ताराप्रसाद पाण्डे र मालती भर रहेका छन् । तीनै जना लागुऔषध मुद्दामा सजाय भोगिरहेका थिए ।
अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको उनले बताए ।
प्रतिक्रिया