११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राहतबाट कोहि बन्चित हुन पर्दैनःः नेकपा कपिलवस्तु



मायादेवी अनलाइन, चारनम्बर ।
नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण सिंगो राष्ट्र नै जटिल अवस्थामा गुज्रीरहेको परिस्थतीमा लक्षित समुदाय राहत पाउनबाट बन्चित हुन नपर्ने भन्दै राहत वितरणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त प्रेस विज्ञप्तीमा जसले राहत पाउनुपर्ने हो उसले नपाएको अवस्थामा नेकपाका स्थानिय पार्टी कमिटीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

नेकपा कपिलवस्तुले आफु पनि बच्न र सबैलाई बचाउन जो कोहीमा कोरोनाका लक्षण देखिएमा तत्काल स्थानिय स्वास्थ्य चौकी मार्फत अस्पताल सम्म पु¥याउने कार्यमा भूमिका खेल्न आफ्ना स्थानिय पार्टी कमिटीलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । जारी विज्ञप्तीमा कोरोनाबाट बच्न पालन गर्नुपर्ने नियम अनिवार्य रुपमा पालन गर्न सबैमा आग्रह गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ६ : २४ बजे