११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तु नगरपालिकाद्धारा आँखा अस्पताललाई पिपिई सेट प्रदान



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले तौलिहवा आँखा अस्पताललाई दुई सेट पिपिई उपलब्ध गराएको छ । कोरोना भाईरसको संक्रमण फैलिएको अवस्थामा पिपिई नहुँदा अस्पतालका स्वास्थ्यकर्मी आफै असुरक्षित भई उपचार गर्दै आएका थिए । मेयर किरण सिंहले अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले स्वास्थ्यकर्मीलाई ढुक्कसंग काम गर्न र सहज उपचारमा संलग्न हुन सो सामग्री प्रदान गरिएको बताए । सो सेटसंगै गमबुट २, ग्लोब २÷२ थान सेनिटाईजर समेत उपलब्ध गराईएको थियो ।
प्रबन्धक कार्कीले अब अस्पतालका स्वास्थ्यकर्मी सुरक्षित तरिकाले उपचारमा संलग्न हुने बताए । लकडाउनका कारण ओपीडी सेवा बन्द छ । तर, ईमरजेन्सी बिरामीको सेवा जारी रहेको कार्कीले बताए । अहिले २० देखि ३० जना दैनिक आँखाका ईमरजेन्सी बिरामीहरुको उपचार हुने गरको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ५ : १७ बजे