११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपालका १० ठाउँमा २ हजार एक सय २२ जनाको कोरोना परीक्षण, ९ जनामा पुुष्टि



काठमाण्डौ । देशका विभिन्न १० ठाउँमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण हुन थालेसँगै परीक्षणको दायरा पनि बढेको छ । मङ्गलबारसम्ममा दुई हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनामा मात्रै कोरोना पुुष्टि भएको सरकारले छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अरु आठ जनाको विभिन्न अस्पतालमा आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार सात सय ९६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सबैभन्दा थोरै जनकपुर प्रादेशिक अस्पतालमा १५ जनाको मात्र परीक्षण गरिएको छ ।अहिले देशैभरि एक सय जनाको कोरोनाको आशङ्कामा आइसोलेशनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ८ : ५१ बजे