११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोनाको उद्गम थलो बुहानमा ७६ दिनपछि लकडाउन खुला



एजेन्सी ।
विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ ।७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ८ : १० बजे