मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका क्वारेनटाइनमा बस्नेको संख्या सोमबारको तुलनामा मंगलबार घटेको छ । सोमबार ६ सय ९० जना क्वारेनटाइनमा रहेकोमा मंगलबार सो संख्या घटेर ६ सय ७३ भएको हो । यसरी हेर्दा अहिलेसम्म जिल्लामा १ सय २९ जना डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म क्वारेनटाइनमा बस्ने ८ सय २ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्ति तथा कोरोना आशंका गरिएका ब्यक्ति अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नु पर्ने हुन्छ । सोही अनुसार १४ दिन समय पार गरेका ब्यक्ति दिनहुँ घर फर्किरहेका छन् । घर फर्किए पनि उनीहरु कसैको पनि स्वाव परीक्षण गरिएको छैन ।
जिल्ला प्रशासनले मंगलबार उपलब्ध गराएको तथ्यांक अनुसार कृष्णनगरबाट १८, महाराजगञ्जबाट १२, शिवराजबाट ३१, यशोधराबाट ३५, कपिलवस्तु र बुद्धभूमिबाट तीन तीन, मायादेवीबाट २, शुद्धोधनबाट २५ जना डिस्चार्ज भएका छन् । यस्तै विजयनगर र बाणगंगाबाट कुनै पनि डिस्चार्ज भएका छैनन् ।
जिलामा सबैभन्दा बढी महाराजगंज नगरपालिकामा १ सय ८३ जना क्वारेनटाइनमा छन् भने सबैभन्दा कम बाणगंगा नगरपालिकामा ४ जना छन् । तेस्रो मुलुकबाट आउने नभए पनि भारतीय खुल्ला सिमाका कारण लुकिछिपि नेपाल आउनेलाई निगरानी बढाएपछि क्वारेनटाइनमा बस्नेहरु कम हुँदै गएका छन् ।
जिल्लामा क्वारेनटाइनको संख्या मंगलबार भने बढेको छ । सोमबारसम्म ९ सय ७७ क्वारेनटाइन रहेकामा मंगलबार ५ वेडको क्वारेनटाइन थपिएर १ सय ८२ पुगेको छ । जसमा १९ जना महिला समेत छन । त्यस मध्ये एक जना महिलासंग काखे बच्चा समेत रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो । जिल्लामा एक जना आईसुलेसनमा थिए । उनको सोमबार साँझ निधन भइसकेको छ । मृतक गोवर्धन भरको स्वाम परीक्षण भई कोरोना रिपोर्ट नेगेटिभ देखिएको कपिलवस्तु अस्पतालले पुष्टि गरेको छ ।
२५ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया