काठमाडौं ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।
बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए ।
प्रतिक्रिया