बुटवल ।
मंगलवार गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । लकडाउनका बेला उनका श्रीमान भने भैरहवामा रहेको बताइन्छ ।
२५ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया