११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

महाराजगञ्जको कुशहवामा बाँडिएको चामल राम्रै देख्यौंः प्रजिअ पौडेल



मायादेवी अनलाइन, तौलिहवा ।
केही संचार माध्यमले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– ७ कुशहवामा राहत बितरणका क्रममा बाँडिएको चामल कुहिएको भन्ने समाचार बाहिर ल्याएको बेला चामल राम्रै रहेको प्रजिअ दीर्घ नारायण पौडेलले बताएका छन ।


मनोमानी गरी राहत बितरण गरिएको भन्दै ७० जना जतिको एक समुहले गत चैत २० गते कर्मचारीहरु माथी दुब्र्यवहार गरी बडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालबन्दी पछि राहत बितरण कार्य रोकिएको छ ।


सो बिषयमा नगरपालिकाको बोर्ड बैठकले घटनाको निन्दा गर्दै घटनामा संलग्न ५ जनालाई कारबाही गर्नु पर्ने माग गर्दै प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाएको थियो । सोही बिषयमा मंगलवार प्रजिअ पौडेल सहीत जिल्ला सुरक्षा प्रमुखले कुशहवामा संयुक्त अनुमगन गरेको थियो ।


प्रदेश सदस्य दीर्घ नारायण पाण्डेय, अर्जुन केसी, चेम्बर अफ कमर्सका अध्यक्ष महादेब पोख्रेल, पुर्व मन्त्री ईश्वर दयाल मिश्रा लगायत समेत कुशहवा पुगेका थिए । बडा कार्यालयको ढोकामा लगाईएको दुई वटा ताला खोलेर नमुनाका लागि दुई वटा बोरामा रहेको चामल हेर्दा चामल राम्रो भेटिएको प्रजिअ पौडेलले बताए । ‘बडा कार्यालयमा राखिएको दुई बोरा खोलेर हेर्दा चामल राम्रै देखियो, कसैले पनि नराम्रो भनेनन्’ उनले भने ।


बडा कार्यालयले बनाएको बिपन्न परिवारको लिस्ट, रहत प्राप्त गरेको मानिसको नाम सबै ठीक पठाएको थियो । प्रजिअ पौडेलले राहत बितरण कार्य सर्वपक्षीय छलफल गरेर बाँड्न निर्देशन दिएको बताए ।

मेयर अब्दुल कलाम खाले यस्तो बिषम परिस्थितिमा राजनीतक रंग दिएर तालबान्दी गर्नु, सडेको चामल बितरण गरेको भनेर बदनाम गराउन खोज्नु दुखद कुरा भएको बताए । ‘हामीले पारदर्शीरुपमा राहत बितरण गरेको कुरा अहिलेको अनुगमनले प्रमाणित भो, यो कुरा जनताले बुझेका छन’ उनले भने ।


राहत बितरणका क्रममा हुलहुज्जत गर्ने र तालबान्दीको अगुवाई गरेका ५ जनाका बिषयमा प्रजिअले कुनै बास्ता नगर्नु दुखको कुरा भएको बताए । आफुहरुले सरकारले तोकको मापदण्ड अनुसार नै राहत बितरण गर्ने उनले बताए ।


निर्वाचित जनप्रतिनिधि कै अगुवईमा राहत बितरण गर्नु पर्छ, बिगत झै सर्वदलीय र सर्वपक्षीय आधारमा बाँडिए भाड्भैलो हुने उनले बताए ।


उता नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले प्रजिअ र जिल्लाका सुरक्षा प्रमुखले सत्ता पक्षको दबावमा काम गरिरहेको आरोप लगाए । ‘महाराजगंजको वडा नम्बर ७ मा तालाबन्दी गरिएको छ, राहत बितरण पनि रोकियो, तालाबन्दी गरिएको साँचो समेत प्रहरीले राखेको छ’ उनले भने ‘सत्ता पक्ष कै आग्रहमा कांग्रेसबाट निर्वाचित जन प्रतिनिधिलाई पेल्ने काम भएको छ ।’


तालाबन्दी गर्नेलाई कारबाही गर्नुको साटो नियम मै नभएको सर्वदलीय आधारमा राहत बाँड्न प्रहरी र प्रशासनले निर्देशन दिनु खेद जनक रहेको आचार्यको भनाई छ । घटनामा संलग्नलाई कानुन अनुसार कारबाही हुनु पर्ने उनले माग गरे । गत चैत २० गते कुशहवा राहत बाँड्नेक्रममा दुई सयलाई राहत बाँडि सकेको र सवा सय जनालाई बाँड्न बाकी थियो । बाडिरहेको बेला तालाबँन्दी गरिएको थियो । बडा कार्यालयले पारदर्शी रुपमा राहत बाँडेको प्रष्ट भएको वडा अध्यक्ष अब्दुख समद मुसलमानले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ३ : ४५ बजे