११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आइसुलेसन मृत्यु प्रकरणः कोरोना आशंका गरिएका व्यक्तिको रिर्पोट नेगेटिभ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु अस्पतालको आइसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिर्पोट नेगेटिभ आएको छ ।

सोमवार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जर्लैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो । उनको स्वाब परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा २ दिन अघि पठाईएको थियो । मंगलवार बिहान आएको प्रतिबेदनमा रिर्पोट नेगेटिभ देखिएको अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए ।

भर विगत देखि नै क्षय रोगका रोगी रहेको स्थानीयले बताएका छन् । केहिदिन देखि उनलाई ज्वरो आउने, छाती दुख्ने समस्या देखिएपछि कोरोनाको आशंका गरिएको थियो । कोरोना आशंकाले उनलाई तौलिहवाको आइसुलेसनमा भर्ना गरिएको थियो ।
स्वाब रिर्पोट आउन ढिला भएपछि उनलाई कोरोना लागेको थियो कि थिएन भन्न नसक्ने अवस्था रहेपनि मंगलबार रिर्पोट नेगेटिभ देखिए पछि कोरोना नभएको प्रष्ट भएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  १ : १८ बजे