एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ ।कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसियूमा सारिएको उनको कार्यालयले जनाएको छ ।
जोन्सनको मेडिकल टिमको सहल्लाहमा उनलाई आइसियूमा सारिएको प्रवक्ताले बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको ती प्रवक्ताले बताएका छन् ।
५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई आइसियूमा सारिएको हो ।
प्रतिक्रिया