११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेकपाभित्र विवाद चुलियो, सचिवालय बैठक आज वस्ने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ ।चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए ।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई बैठक बोलाउन दबाब दिएका थिए । अध्यक्षद्वयबीच परामर्श नभएकाले प्रचण्डले बैठक आह्वान गर्न सकेका थिएनन् ।मंगलरबार अपराह्न ४ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“आज अपराह्न ४ बजेका लागि बैठक कल भएको छ,” उनले भने ।मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ६ : ०५ बजे