मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।
यी विरामीको स्वाव परिक्षणका लागि बुटवल पठाइए पनि अझै रिर्पोट आइसकेको छैन । उनी गम्भिर विरामी परेपछि कोरोनाको आशंकामा कपिलवस्तु अस्पताल भर्ना गरिएको थियो ।
उनको के कति कारणले मृत्यु भएको हो कपिलवस्तु अस्पतालले पुष्टि गरिसकेको छैन । उनी उपचाररत थिए ।
मृतक भरका स्थानीयले बताए अनुसार उनी लामो समय देखि क्षय रोगबाट ग्रसित थिए । पछिल्लो समय उनलाई ज्वरो र रुघाखोकी लागेपछि कोरोना आशंकाले कपिलवस्तु अस्पतालको आइसुलेसनमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया