मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा संचार क्षेत्रमा अलग धारमा रहेका मायादेवीकर्मी कोरोनाविरुद्धको सचेतनामा निरन्तर फिल्डमा छन् । मायादेवी मिडिया ग्रुप अन्तरगत संचालित मायादेवी अनलाइन डटकम, सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज, मायादेवी अनलाइन टिभीमा कार्यरत आधा दर्जन बढी संचारकर्मी कोरोनाविरुद्धको सचेतनामा खटिएका हुन् । साथै मिडियाका प्रशासनिक, बजार र आंशिक कार्यक्रम सञ्चालन गर्ने कर्मचारीलाई भने मायादेवीले समाचार नै प्रकाशन गरेर विदा दिएको थियो । उनीहरु भने अहिले आफ्नै होम क्वारेनटाइनमा छन ।
कोरोना महामारीका कारण देशभर लक डाउन भएको अवस्थामा ज्यानको प्रवाह नगरी कार्यालयको एकान्तवासमा रहेर जनतालाई खबर र सुचना प्रदान गरिरहेका मायादेवीकर्मीले फिल्डमै गएर पनि सरोकारवालाहरुसंग संवाद र बहस गरिरहेका छन् । मायादेवीकर्मीले कोरोना विपद्मा स्थानीय सरकारलाई झकझकाउने, कालो बजारीको अनुगमन, खाद्यान्न, ग्याँस, पेट्रोल पम्पहरुमाथि निगरानी, अस्पतालको लापरबाही र विरामीका समस्यालाई अडियो भिडियो मार्फत प्रशासन गरिहेका छन् भने फेसबुकमा नयाँ प्रविधि जडान गरी सरोकारवालालाई इन्टरनेटमा भेट गराई दैनिक ध्यानाकर्षण गराइरहेका छन ।
मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीले यो बेला संचारकर्मीको ठुलो भूमिका हुने बताउनु भयो । उहाँले भन्नुभयो–“मुलुक अहिले कोरोनाले आक्रान्त भइरहेको छ । यस्तो कठिन घडीमा निरन्तर नागरिकलाई सूचना प्रवाह गर्नु संचारकर्मीको कर्तव्य हो । कोरोना भाइरसमा अग्रपङ्तिका पत्रकार घरमा बस्दा जनताले सही सुचना पाउँदैनन् । यस्तो बेला जवाफदेही निकायलाई खबरदारी गर्दछौँ । त्यसैले हामी फिल्डमा छौँ । ”
पछिल्लो समय कपिलवस्तुको मात्रै नभएर प्रदेश ५ मै अग्रस्थानको सूचीमा पर्न सफल रेडियो मायादेवीका कार्यकारी निर्देशक थानेश्वर अधिकारीले कोरोना महामारीमा पत्रकार घरमा बस्न नहुने बताउनु भयो । “खासगरी कोरोनाले ल्याएको जुन सन्त्रास छ । यसबाट पहिले आफू सुरक्षित रहने र संग–संगै अरुलाई सुरक्षित राख्न पूर्व सावधानी अपनाउने गरी हामी लागेका छौँ” उहाँले भन्नुभयो ।
रेडियो मायादेवीका स्टेसन म्यानेजर तथा मायादेवी अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले मिडिया यस्तो कठिन परिस्थितिमा थप चनाखो बन्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,–“यस्तो बेला कालो बजारी मौलाउने, बजारमा कृत्रिम अभाव सिर्जना हुने, अस्पतालहरुले विरामी नजाँच्ने जस्ता समस्याहरु आइरहेका छन् । यो कुरा मिडियाले नउठाउने हो भने जनता संकटको बेला थप संकटमा पर्दछन् । त्यसकारण हाम्रो सिंगो टिम जनताको घर–घरमा छ ।” कोरोनाविपत्तिमा संचारकर्मीका पनि आफ्नै जोखिम रहेको बताउँदै राज्यले संचारकर्मीलाई हुर्नु पर्ने उहाँको भनाई छ ।
रेडियो मायादेवीका समाचार प्रमुख तथा मायादेवी अनलाइनका सम्पादक दिपक अनुरागीले मिडिया समाजको यथार्थ ऐना भएको भन्दै यस्तो बेला पत्रकारको दायित्व झन बढी हुने बताउनु भयो । सबैभन्दा बढी फिल्डमा खटिएर कोरोना महामारीमा छलफल चलाइरहनुभएका अनुरागीले भन्नुभयो,–“हामीले कपिलवस्तुमा रेडियो र अनलाइन संचालन गर्दै आइरहेका छौँ । यो बेला हामी अनलाइन र रेडियोको समाचार डेस्कमा रहेर दिनरात खटेर काम गरिरहेका छौँ । पत्रकारिता पेशा अपनाइसकेपछि मुलुकको संकटमा डटेर लाग्नु पर्दछ ।”
उहाँले थप्नुभयो,’–“दर्शक श्रोता पाठकको हामीप्रति गरेको विश्वासले नै हामीले कोरोना भाइसरसलाई परास्त गर्न सक्छौँ भनेर हामी निरन्तर मैदानमा छौँ ।”
कोरोना विपद्को बेला मायादेवी रेडियो, अनलाइन तथा टिभीमा प्रसारण भएका खबर सामाग्रीले जनतामाथि न्याय गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको बुझाइ छ । यस्तो विषम परिस्थितिमा कालो बजारी नियन्त्रण, अस्पतालका लापरबाही लगायतमा मायादेवीकर्मी खरो रुपमा उत्रिएकोमा प्रसंसा गर्नुभयो ।
प्राविधिक प्रमुख मनोज थापा र आइटी अधिकृत विमल गैरेले दशैँ तिहारजस्ता चाडबाडको बेला पनि घरमा नबसी कार्यालयमा रहेर काम गरेको अनुभव सुनाउँदै कोरोना महामारीमा सबै सचेत रहनु पर्ने बताउनु भयो । प्राविधिक कक्षमा अन्य समयमा एकभन्दा धेरै बस्ने गरे पनि लक डाउन अवधिभर भने एक्लाएक्लै बसेर प्राविधिक कक्षमा रहेर कोरोनाविरुद्धका सचेतना सामाग्री प्रसारण गर्न पाउँदा खुसी लागेको बताउनु थापाले भयो । आइटी अफिसर गैरेले यस्तो बेला जनताले कहाँ के भइरहेको छ ? सरोकारवालाले के गरिरहेका छन् भन्ने चासो राख्ने हुँदा फिल्डमा गएर कार्यक्रम छायाङ्कन गर्न पाउनु पनि सौभग्य भएको बताउनु भयो । उहाँले भन्नुभयो,’–“ यो पनि एउटा मौका हो ।”
यता समाचार डेस्कमा रहेर काम गर्ने मायादेवीकर्मी लक डाउनमा पनि कार्यालयमा आएर काम गर्न पाँदा खुसी छन् । रेडियोकी समाचार सम्पादक दीपा महत र समाचार बाचिका सृजना पौडेलले परिवारले कार्यालय नजान आग्रह गर्दा गर्दै पनि जनतालाई सुसुचित गर्न खटिएको बताउनु भयो ।
प्राविधिक लक्ष्मी थारुको भने कार्यकक्षमा रहँदाको भिन्न अनुभव छ । उहाँले रेडियोमा प्रसारण भएका खबर र सूचनाले प्रभावित भएर श्रोताले फोन गरेर धन्यबाद दिँदा खुसी लागेको बताउनु भयो ।
मायादेवीका रेडियो तथा अनलाइनका सामग्रीका कारण विरामी, आम उपभोक्ताले यस बेला न्याय पाएको ग्याँस ब्यापारी दामोदर पौडेलले प्रतिक्रिया दिनुभयो ।
रेडियो र अनलाइनले रेडियोले कोरोना कहरमा खटिनेहरुको लागि कार्यालयमै खाने बस्ने ब्यवस्था गरेको छ भने मास्क, सेनेटाइजर आदिको पनि ब्यवस्था गरेको छ । मलुकमा कोरोनाबाट बच्न सरकारले वैशाख ३ गतेसम्म लक डाउनको अवधि बढाएकाले यो अवधिभर आफूहरु थप जिम्मेवार भएर लाग्ने अध्यक्ष अधिकारीले बताउनु भयो । लक डाउन नहँुदाको अवस्थामा पनि मायादेवीकर्मीले कोरोनाविरद्ध जनचेतना जगाउन बाणगंगामा जनचेतनामुलक र्याली निकालेका थिए ।
यता गलत धन्दा गर्नेहरुलाई मायादेवी मिडियाको मिसन टाउको दुखाई बनेको छ भने जनताले भने राहतको अनुभूति गरेका छन् । कोरोनाको मौका छोपेर ग्याँस, तेल, खाद्यान्ह, औषधी उपचारमा गलत धन्दा गर्नेहरुलाई छड्के निगरानी गरेर विना सम्पादन जस्ताको तस्तै दर्शक श्रोताबीच राखिरहेको छ ।
२४ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया