११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लकडाउनलाई प्रभावकारी बनाउन पुलमा बार



गुल्मी ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको इमिचौर जोडने पुलमा बार लगाइएको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन आवतजावतमा रोक लगाई भीडभाड कम गर्नका लागि पुललाई बन्द गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। थापाका अनुसार त्यस पुलबाट आवतजावत धेरै हुने भएकाले र लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो अभियान चालिएको दाबी गरे ।

यता पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले पर्वतका व्यक्ति पर्वतमै बस्न र गुल्मीका मन्छे गुल्मीतर्फ नै बस्नका लागि पुलमा दुबै तर्फबाट बार लगाइएको बताए । भुसालले लकडाउनको अवधिसम्म दुबै तर्फको बारलाई जारी राख्ने लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो कार्य गरिएको बताए ।

त्यस पुलबाट मान्छेहरू मात्र हिड्ने भएकाले त्यस्तो समस्या केही नपर्ने र बिरामी बोक्नका लागि दुबै तर्फका मोटरेबल बाटो भएकाले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने दाबी गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ७ : ५५ बजे