मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा क्वारेनटाइनमा बस्ने आज एकै दिन ७९ बढेका छन । जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा बसोबास गर्ने ह्वात्तै बढेका हुन् । आइतबार जिल्लामा ६ सय ११ रहेकोमा आज सो संख्या बढेर ६ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नु पर्ने हुन्छ । तेस्रो मुलुकबाट आउने नभए पनि भारतीय खुल्ला सिमाका कारण लुकिछिपि नेपाल आउनेलाई निगरानी बढाएपछि क्वारेनटाइनमा बस्नेहरुको संख्या बढेको हो ।
जिल्लाको महाराजगञ्जमा सबैभन्दा बढी १ सय ८६ रहेका छन भने सबैभन्दा कम वाणगंगा नगरपालिकामा ४ जना रहेका छन । आइतबारसम्म वाणगंगामा ४ जना रहेपनि यो संख्या बढेर सोमबार ८ पुगेको हो ।
यस्तै विजयनगर गाउँपालिकामा १ सय ४५, मायादेवी गाउँपालिकामा ७४, कृष्णनगर नगरपालिकामा ५९, यशोधरा गाउँपालिकामा ५८, शुद्धोधन गाउँपालिकामा ५५ जना क्वारेनटाइनमा रहेका छन ।
यसैगरी कपिलवस्तु नगरपालिकामा ५१, बुद्धभूमि नगरपालिकामा ३२, शिवराज नगरपालिकामा २२ जना क्वारेनटाइनमा रहेका जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
९ सय ७७ क्वारेनटाइन रहेकोमा ६ सय ९० रहेका छन भने जसमा १९ जना महिला समेत रहेका छन । त्यस मध्ये एक जना महिलासंग काखे बच्चा समेत रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो । जिल्लामा एक जना आईसुलशनमा छन् । स्वाब परिक्षणको रिर्पोट अझैः आएको छैन ।
प्रतिक्रिया