बिष्णु कुमार आले, अर्घाखाँची ।
प्रदेश ५ मा हालसम्म ९४ जनामा कोरोना संक्रमण भएरनभएको पत्ता लगाउन स्वाब परीक्षण गरिएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएकामध्ये ८४ जनामा कोरोना जिवाणु संक्रमण नभएको पाइएको छ । बाँकी १० जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।
प्रदेश ५ का १२ ओटा जिल्लामा कोरोना आशङ्का गरिएका १३६ जनामध्ये १६ जनालाई अहिले आइसोलेशनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जानकारी दिए ।
प्रदेशका १२ जिल्लामा पाँच हजार नौ सय ५१ शय्या क्षमताका कूल तीन सय नौ वटा क्वारेन्टाइन तयार गरिएको छ । यी क्वारेन्टाइनमा हालसम्म दुई हजार चार सय ३१ जनालाई राखिएको छ ।
२४ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया