बिष्णु कुमार आले, अर्घाखाँची ।
उच्च रक्तश्राव भएपछि उपचारका लागि अस्पताल ल्याउदै गर्दा अर्घाखाँचीमा एक गर्भवती महिलाको बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ९ अर्घा निवासी २९ वर्षीय देवी विकलाई आइतबार साँझ घरको काम गरिरहेका बेला एक्कासी रक्तश्राव भएपछि उपचारका लागि सन्धिखर्क अस्पताल नजिकै ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु जीवबहादुर विकले बताए ।
देवीलाई साढे ६ बजे अस्पताल ल्याइर्पुयाइएको थियो । तर अस्पताल ल्याउदा चिकित्सकले जिवित नरहेको घोषणा गरेका थिए । घरबाट सन्धिखर्क अस्पताल आउन झन्डै साढे १० किलोमिटर टाढा भएकाले देश लकडाउनका कारण गाडिको व्यवस्था गर्न केही समय लाग्यो, आउँदा आउँदै बाटोमै देबीको मृत्यु भएको जेठाजु जीव बहादुर बिकले बताए ।
तीन छोरी जन्माईसकेकी देवीको कोखमा आठ महिनाको चौंथो गर्भ हुर्किरहेको थियो । रक्तश्राव भएपछि गाडीमा लिएर अस्पताल आउदै गर्दा बीच बाटोमा देवीलाई रक्तश्राव भएपछि देवीलाई झन सकस हुँदै गएको थियो ।
अस्पताल पुग्नै लाग्दा बाटोमा एक्कासी देवी सिकिस्त भईन् अन्तत उनको मृत्यु भयो जेठाजु जीव बहादुरले भने दैवलाई कसैले जित्न सक्दो रहेनछ । अहिले सवलाई पोष्टमाट्मकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।
२४ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया