मायादेवी अनलाइन, चारनम्बर ।
विश्वमा फैलिएको कोरोना भाइरसको कारण नियन्त्रणको लागि गरिएको लक डाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई नेपाली कांगे्रसको भातृ संस्था नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ ले वाणगगाका नगरवासीलाई राहत वितरण सूरु गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लक डाउनको मारमा परेका नागरिकहरुको लगत संकलन गरी राहत दिने निर्णय गरि अति आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको छ ।
वाणगंगा नगरपालिका भित्र दैनिक ज्याला गरी आफ्नो परिवार पाल्ने अति गरिब परिवारलाई राहत वितरण गर्न लागेको नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले जानकारी दिए ।
विपदको वेला मानवीय सहयोग महत्वपूर्ण रहेको हुँदा तरुण दल गरिव तथा विपन्न वर्गको सहयोगको लागि सधै लागिरहेको समेत सभापति ठकुरीले बताए । सो अन्र्तरगत आइतबार वाणगंगा नगरपालिकाका ११ वटै वडामा पुगेर राहत विरण गरिएको नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए ।
नेपाली कांगे्रस वाणगगा नगर समितिको समन्यवमा प्रेत्यक वडामा रहेका ज्यालादारी गरेर खाने नागरिकहरुको तथ्याङ्कको आधारमा राहत वितरण गरिएको तरुण दलका क्षेत्रिय सभापति तिलक थापाले बताए ।
दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्नका सामग्री चामल, नुन, तेल, दाल लगायतका ४ सय घरधुरीलाई गाउँमै गएर राहत वितरण गरिएको तरुण दल कपिलवस्तुले जनाएको छ ।
सो वितरण काय्रक्रममा दैनिक रुपमा ज्यालादारी गरेर बस्ने जनताको सहयोगको लागि जिल्ला भरी राहतको प्याकेज बनाई वितरण गरिएको नेपाली कांगे्रसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य अतहर कमालले बताए । जिल्लामा रहेका विपन्न वर्गको सहयोगको लागि पार्टीका विभिन तह र तप्काका पदाधिकारीहरुको स्वः स्र्फुत सहयोगले यो कार्य गरिएको समेत कमालले बताए ।
जिल्लाको मायादेवी गाउँपालिका लगायत अन्य पालिकाहरुमा समेत राहत वितरणको लागि तयार गरिएको समेत उनले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पार्टीका हरेक तह र तप्काका पदाधिकारीहरुलाई एक आपसमा मिलेर विपदको समयमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । आफुले सहयोगका लागि विभिन्न स्थानीय तह व्यापारी तथा उद्योगीसंग छलफल र सहकार्य गरी सहयोग कार्य गरिरहेको बताए ।
२४ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया