मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १ ले आफनो वडा भित्र पर्ने बजार र गाउँका बाटोहरुमा किटनाशक औषधी छरेको छ । वडाले विहानबाटै ११ वटै टोलहरुमा पुगेर किटनाशक औषधी छरेको हो ।
कोरोना भाइरसका संक्रमण फैलिदा गएपछि वडाले क्लोरिन नामक किटनाशक औषधी वडाकै सकृयतामा छरेको वडा अध्यक्ष बालकुमारी पन्तले जानकारी दिनुभयो । उहाँले ट्याक्टर मार्फत ठुला टंयाकी मार्फत वडामा रहेका मुख्य बाटो, चोक र भित्री बाटोहरुमा क्लोरिन नामक औषधी पानीमा मिसाएर छरेको जानकारी दिनुभयो ।
मात्रा अनुसार पानीमा मिसाएर औषधी छरेपछि एन्टी भाइरस मार्ने बताइएको छ । उक्त औषधी छर्ने कार्यमा वडा सदस्य सन्जु कुमार सारु तथा उप्टहवा टोल विकास संस्थाका अध्यक्ष बुद्धिसागर वेल्वासेको सकृयता रहेको बताइएको छ ।
किटनाशक औषधी छर्के संगै वडाले गरिब विपन्न घर परिवारको लगत संकलन कार्य पनि अगाडी बढाइरहेको अध्यक्ष पन्तले बताउनुभयो । नगरले जारी गरेको राहत वितरण मापदण्ड अनुसार लगत संकलन र सूचना अध्यावधी गर्ने काम भइरहेको वडा सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।
२३ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया