दिपक खड्का, चन्द्रौटा ।
मानव समुदायलाई विपतको समयमा जहिले पनि सहयोगको ढोका खुल्ला राख्ने रोटरी क्लबले ५ सय के.जी. चामल सहयोग गरेको छ ।
शिवराज नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा रोटरी क्लब अफ कपिलवस्तुले अति विपन्न बर्गकालाई लक्षित गरि सहयोग हस्तान्तरण गरेको हो । क्लबले कोरोना भाइरसका कारण लकडाउनले गरिब, मजदुर वर्गलाई निम्ताएको जोखिम कम होस भन्ने उद्धेश्यले ५ सय के.जी. चामल शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष ज्ञानु प्रसाद पोखरेलले जानकारी दिए ।
रोटरी क्लब अफ कपिलवस्तुले रोटरी डिस्टिकलाई ३० हजार र ५ सय के.सी चामललाई १९ हजार ५ सय सहयोग गरिएको पोखरेलले बताए ।
विश्वमा महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना रोगका कारण दुई हप्ता देखि लकडाउनले गर्दा विपन्न परिवारका व्यतिmहरु यसको मारमा परेका छन । दैनिक ज्याला मजदुरी गरि खाने व्यतिmहरुको घरमा चुल्लो बलोस भन्ने उद्देश्यले यस्तो सहयोग आवश्यक रहेको नगर जमुख नेत्रराज अधिकारीले बताए ।
भोकमरीको समस्या आउन नदिन शिवराज नगरपालिकाले प्रकोप व्यवस्थापन कोषको खातामा ६३ लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । शिवराज नगरपालिकाले ज्याला मजदुरी गरि जिवनयापन गर्ने व्यक्तिहरुको डाटा संकलन गरिएको अधिकारीले बताए ।
कार्यपालिकाको बैठकले उप–प्रमुख शिवकुमारी थारुको संयोजकत्वमा ७ सदस्यीय खरिद समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।
२३ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया