११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतमा कोरोना संक्रमित ३६ सय बढी, १०९ को मृत्यु



एजेन्सी ।
भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन् । संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन ।

आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ ।

भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ ।

पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  २ : २६ बजे