११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कविता – ‘खाऊ कोरोना कोष पनि’



शीर्षकः ‘खाऊ कोरोना कोष पनि’

हिजो भुकम्प आउँदा
जस्ता पातामा घुस
आज कोरोना कहरमा पनि घुस
घुस त खान नै परो
किनभने हाम्रा नेताले
पाउँदैनन
बिहान साझ खान

दाल र भात नै
अब ‘कोरोना कोष’ पनि बनाका छौ
स्थानीयदेखि केन्द्र सरकारसम्म
त्यहाँ अरबौँ करोडौँ
निश्चितै छजम्मा हुने
ल्याम्म पारेर
झ्वाम पारेर
जति सक्छौ
तिमीहरू नै खाऊ
पर्दैन दिन निमुखा र पीडितलाई राहत कोष
किनभने उनीहरुलाई सधै भोकै बस्न बानी परेको छ
एक दिन गाँस लिन पाउँदा पनि
के बिर्से के बिर्से जस्तो ठान्छन् तिनीहरु….

सर्जकः चन्द्रकान्त न्यौपाने

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ८ : ५९ बजे