एजेन्सी ।
कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी भएको छ ।विश्व फुटबल महासंंघले ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको हो ।
जापानको टोकियोमा यसै वर्ष हुने तय भएको ओलम्पिक खेलकुद एक वर्ष पछि हुनेगरी सारिएको छ । ओलम्पिकमा अहिले २३ वर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउँदै आएका छन् । तर अब फिफाले एक वर्ष उमेर हद बढाउने तयारी गरेको हो ।
उमेर हद बढाएमा सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीले ओलिम्पक खेल्न पाउनेछन् । फिफाले यो निर्णय पारित गर्न भने बाँकी छ ।
२३ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया