एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर करिब १२ लाख पुगेको छ। बीबीसीका अनुसार आइतबार बिहानसम्ममा संक्रमितको संख्या ११ लाख ९७ हजार पुगिसकेको छ र यो संख्या बढ्दो क्रममा छ।
यस महामारीबाट ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ । बढी ज्यान गुमाउनेमा इटाली, फ्रान्स, स्पेन र अमेरिकाका नागरिक छन् ।
इटालीमा हिजो शनिबार ६८१ जनाको मृत्यु भएको छ। त्यहाँ मर्नेको कुल संख्या १५ हजार ३ सय ६२ पुगेको छ ।
उता, स्पेनमा एकैदिन ८ सय ९ जनाको मृत्यु भयो । त्यहाँ मृतकको संख्या ११ हजार ९ सय ४७ पुगेको छ ।
अमेरिकामा मृतकको संख्या ८ हजार ४ सय नाघेको छ। न्युयोर्कमा मात्रै एकैदिनमा ६ सय ३० जनाको ज्यान गएको छ। संक्रमितको संख्या अमेरिकामा ३ लाख भन्दा बढी छ । राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले कोरोना भाइरसबाट सयौंको ज्यान जानसक्ने बताएका छन् ।
उता, बेलायतमा एकैदिनमा ७ सय ८ जनाको मृत्यु भएको छ । आज बेलायतकी महारानी एलिजाबेथले देशबासीका नाममा सम्बोधन गर्दैछिन् ।
भारतमा पनि महामारी फैलिँदो छ । अहिलेसम्म ७५ जनाको ज्यान गएको छ भने ३११३ संक्रमित छन् ।
प्रतिक्रिया