११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

ओलम्पिक फुटबलमा उमेर हद बढाउने फिफाको तयारी



एजेन्सी ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक गेम्सका लागि पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ ।

जापानको टोकियोमा वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएका छ ।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको छ । तर फिफाले प्रयोगिता एक वर्षपछि धेकेलिएकाले खेलाडीको उमेर हद पनि एक वर्ष बढाउने तयारी गरेको हो ।

सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ । तर यो प्रस्ताव फिफाले पारित गर्न भने बाँकी छ । ओलम्पिक गेम्स आउँदो वर्ष सन् २०२१ को जुलाई २३ देखि सुरु हुनेछ ।

आउँदो वर्ष हुने प्रतिस्पर्धामा महिला तर्फको खेलका लागि भने उमेर हद छैन।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ७ : ५० बजे