मायादेवी अनलाइन, तौलिहवा ।
एन आई सी एशिया बैंक लिमिटेड इमिलिया शाखाले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नगरपालिकाको कार्यालयमा लगेर बैंकले एक हजार थान डिटोल साबुन हस्तान्तरण गरेको छ । बैंकका क्षेत्रिय प्रतिनिधि अर्जुन तिमिल्सीनाले नगर प्रमुख अब्दुल कलामलाई उक्त साबुन हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण गर्दै तिमिल्सीनाले गाउँ गाउँसम्म कोरोनाको प्रकोप न्यूनिकरणको लागि सामाजिक दायित्व अनुसार स्थानीय सरकारलाई सहयोग गरिएको बताए ।
सामग्रीले विपन्न वस्तीमा रहेका गरिब नागरिकको सरसफाईमा टेवा मिल्ने नगर प्रमुख अब्दुल कलामले बताए । विपदको वेला स्थानीय सरकारलाई नीजि क्षेत्र, सामाजिक संस्था र व्यवसायीले सहयोग गरी सहकार्य गनुपर्ने र त्यसको लागि नगरले सबैलाई आग्रह समेत गरेको उनले बताए ।
सो अवसरमा उप प्रमुख शोभावती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत वेद प्रकाश खरेल सामाजिक विकास अधिकृत निरन्जन पौडेल, बैंकका शाखा प्रवन्धक प्रकाश शर्मा, प्रेस युनियनका केन्द्रिय पार्सद रोमलाल खनाल लगायतको सहभागिता रहेको थियो ।
२२ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया