८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृष्णनगरमा थालियो गरिब तथा मजदुर वर्गका लागि राहत वितरण



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा विपन्न, गरिब तथा मजदुर वर्गका लागि राहत वितरण गरिएको छ । कृष्णनगर मारवाडी सेवा समितीको आयोजना र प्रदेश ५ क्षेत्र नं. ३ ‘क’ का प्रदेश सांसद विरेन्द्र कुमार कनौडीयाको सहयोगमा अत्यावश्यक खाद्य सामग्रीहरु राहत स्वरुप वितरण थालिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) ले निम्ताएको लकडाउनको कारण नगरभित्रका विपन्न, गरिब तथा मजदुर वर्ग प्रभावित भएको भन्दै राहत वितरण गरिएको मारवाडी सेवा समितका अध्यक्ष मनोज कुमार कनौडियाले बताउनु भयो ।
बुधबारबाट शुरु भएको राहत वितरणमा विहीबारसम्म चार सय घर परिवारलाई राहत वितरणमा गरिएको छ । सांसद कनौडियाले पाँच सय विपन्न परिवारलाई अत्यावश्यक खाद्य सामग्रीहरु वितरण गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ७ : ४६ बजे