८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जेसिज कपिलवस्तुको ‘घरघरमा डाक्टर अभियान’, २ सय घरमा साबुन वितरण




मायादेवी अनलाइन, कपिलवस्तु ।

जेसिज कपिलवस्तुले ‘घरघरमा डाक्टर अभियान’ सम्पन्न गरेको छ । कोरोना भाइरसको कारण मुलुकमा त्रासको अवस्था सिर्जना भएको र विरामी पनि अस्पत्ताल जान डर मानेपछि घरघरमा डाक्टर अभियान गरिएको हो । केही दिनअघि राजापानीमा भारतबाट आएका एक जना युवकमा कोरोना लक्षण देखियो भन्ने हल्ला आएपछि त्यहाँका मानिस अताल्लिएको भन्दै त्यहाँबाट अभियान सुरु गरिएको जेसिजका अध्यक्ष मनोज खत्रीले जानकारी दिनुभयो ।

कपिलवस्तु सामुदायिक अस्पत्तलको प्राविधिक सहयोगमा वडा नम्बर ३ का घरघरमा गएर थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, समस्या सोध्ने, कोरोनाका लक्षण र यसबाट बच्ने उपायबारे जानकारी दिने काम भएको कपिलवस्तु सामुदायिक अस्पत्तालका प्रमुख डाक्टर दीपेन्द्र चन्दले बताउनु भयो ।

Image may contain: 3 people, people standing and outdoor

अभियानमा जेसिजका भूतपूर्व अध्यक्ष गोपालमणी ज्ञवाली, राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारी, सामुदायिक अस्पत्तालका पारामेडिक्स दुर्गा भूषाल, वर्तमान कार्यसमिति सदस्य सहभागी थिए । जेसिजका महासचिव प्रविन पौडेलका संयोजकत्वमा सुरु भएको अभियानको क्रममा २ सय बढी घरमा पुगेर साबुन पनि वितरण गरिएको छ ।

Image may contain: 6 people, including Prabin Paudel, people standing

अभियानको क्रममा कोरोनाबारे अझै पनि गा्रमिण स्तरमा चेतना नभएको आफूहरुले पाएको महासचिव पौडेलले बताउनु भयो । अझै पनि ग्रामिणस्तरमा यसका लक्षण, बच्ने उपाय, सतर्कताका बारेमा सामान्य ज्ञान पनि नभएको पाइयो पौडेलले भन्नुभयो ‘अझै जनचेतना जगाउन आवश्यक छ ।’ कोरोनाबारे आधारभूत परामर्श र साबुन पाएपछि सर्वसाधारण पनि खुसी भएका छन् । कोरोना महामारीको समयमा कपिलवस्तु जेसिजले सराहनीय काम गरेको भन्दै नेपाल जेसिजले विज्ञप्तिमार्फत बधाई दिएको छ । खत्रीले आवश्यकता अनुसार अन्य वडामा पनि यो अभियान पुर्याइने बताउनु भयो ।

Image may contain: 2 people, people standing and outdoor

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ७ : ४६ बजे