मायादेवी अनलाइन, चारनम्बर ।
आफ्नै छोरी बलात्कार आरोप लागेका कपिलवस्तुका एक व्यक्तिले प्रहरी हिरासतमा आत्महत्या गरेका छन । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँ सुकुम्बासीबस्तीका किस्मत श्रेष्ठले इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा आत्महत्या गरेका हुन् ।
आत्महत्या पछि प्रहरीले सरोकारवाला निकायलाई बोलाएर घटनाबारे जानकारी गराएको थियो । प्रहरीका अनुसार थुनुवाहरु वस्ने कोठाको दक्षिणतिर रहेको शौचालयमा विहान साढे ७ बजेको समयमा तन्नाको डोरी बनाई झुण्डिएको अवस्थामा मृतकलाई भेटिएको थियो । थुनुवाका अनुसार राति अबेरसम्म आफुहरु कुराकानी गरेर सुतेको र विहान भएपछि मृतक श्रेष्ठ शौचालय गएका थिए । त्यसपछि उनी आउन ढिला गरेपछि बुझ्न शौचालय छिर्दा एक्कासी श्रेष्ठ झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेको ती थुनुवाले बताएका छन् । शौचालयमा ढोका लगाइएको थिएन । शवको प्रकृति हेर्दा उनको दुवै खुट्टाको पैतालाले भुँईमा छोएको, हल्का घुँडा खुम्चाएको र मुखबाट अलिकति रगत मिश्रित र्याल आएको देखिन्छ ।
त्यसपछि प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले उनका आमा बुबा, श्रीमती, वडा नम्बर ८ का वडाध्यक्ष लगायतलाई फोन गर्नुृभएको थियो । मृतक बुबा आमाका आबाबुबा ढिलोगरी आएपछि दिउँसो मात्र शवको मुचुल्का उठाइएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले श्रेष्ठले झुण्डिएरै आत्महत्या गरेको बताउनु भएको छ । मायादेवी मायादेवीसंग कुरा गर्दै उहाँले शवको पोष्टमार्टम गरेर परिवारलाई बुझाइने बताउनु भयो । अहिले शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
यता मृतक श्रेष्ठका बुबा आमाले छोराको आत्महत्यामाथि शंका गर्नुभएको छ । प्रहरी हिरासतमै मानिसको मृत्यु हुनुले सिंगो प्रहरी प्रशासनमाथि प्रश्न उब्जाएको भन्दै छोरा मरेको नभई मारिएको दाबी गर्नुभयो । छोरी माथि बलात्कार आरोप लगाए पनि मुद्धाको किनारा नलाग्दै प्रहरी हिरासतमै छोराको ज्यान जानुमा आपत्ति जनाउनु भएको छ । मृतक श्रेष्ठका बुबा श्रेष्ठले छोराले झुण्डिएर आत्म हत्या गरेको प्रष्ट हुँदा हुँदै पनि छोराको खुट्टाले भुइमा छुनुले शंका उत्पन्न गराएको भन्दै प्रश्न गर्दै भन्नुभयो, “संसारमा भुइमा खुट्टाले टेकिएको अवस्थामा मान्छे झुण्डिएर कसरी मर्छ ? यसको तत्काल छानबीन होओस् ।”
अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका ती व्यक्तिले अचानक आत्महत्या गर्दा आफू पनि अचम्ममा परेको इन्सपेक्टर जोशीले बताउनु भयो । उहाँले भन्नुभयो,’–“यो घटनाले मलाई पनि दुखि बनाएको छ ।”
यता मृतक श्रेष्ठकी आमाले बुहारीको कारण आफ्नो छोराले आत्म हत्या गरेको बताउनु भएको छ । आफ्नो छोरो निर्दोश रहेको भन्दै बुहारीले सम्पत्ति हडप्न छोरीमाथि बलात्कार आरोप लगाएर आत्म हत्या गर्न बाध्य बनाएको बताउनु भयो । उनले के कति कारणले आत्महत्या गरेका हुन यो खुल्न सकेको छैन । जानकारका अनुसार छोरी बलात्कार आरोप लागेपछि बाँचनु ब्यर्थ ठानेर उसले यो निर्णय गरेको बताइएको छ ।
छोरी बलात्कारको आरोप लागेपछि मृतक श्रेष्ठलाई फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो । २५ दिन हिरासतमा राख्ने कानुन भए पनि कोरोनाको कारण मुलुक लकडाउन भएपछि उनलाई थप १० दिनजति हिरासतमा राख्नु परेको प्रहरीको जनाउ छ । प्रहरीले अदालती प्रकृया नटुङ्गिदै यो घटना भएपछि दोषी पत्ता लगाउन मुस्किल हुने जनाइएको छ । मृतक श्रेष्ठले तिनवटी विबाह गरेकोमा उनी अहिले माइली श्रीमती तारा सापकोटासंग ढोँडेकोल बसोबास गर्दै आएका थिए । उनले बुटवलमा अटो रिक्सा चलाउँदै परिवारको पालन पोषण गरेको खुल्न आएको छ । उनका चार जना छोराछोरी छन् । मृतक श्रेष्ठका आमाबुबाले नाति नातिनाको सुरक्षा र पालन पोषणको जिम्मा कसले लिन्छ भनेर प्रश्न गरेका छन् ।
यता मृतक श्रेष्ठकी श्रमतीले भने उसले पापको फल भोगेको बताउनु भएको छ । “यस्तो निर्णय उसले गर्न हुँदैनथ्यो, गरिहाल्यो । अब मैले के भन्ने उसले जे कर्म गरेको थियो । त्यसैको सजाय पायो सापकोटाले भन्नुभयो ।” श्रेष्ठको आत्महत्या घटनाको थप छानबिन हुने डिएसपी मल्लले मायादेवी अनलाइनलाई जानकारी दिनुभएको छ ।
२० चैत्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया