काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले सिमानाका नेपालीहरू अलपत्र पारेर सरकारले अमानवीय काम गरेर र गैरजिम्मेवारी देखाएको बताएका छन् ।
विश्वभर रहेका नेपाली फिर्ता गर्न सम्भव नभएपनि सिमानामा आएका नेपालीलाई रोक्नु मानवीय व्यवहार नभएको उनको भनाई रहेको छ । उनले सामाजीक सञ्जाल ट्वीटरमार्फत सीमानाको खुलाबारीमा नेपाली रहनु दुखद भएको बताएका छन् ।
नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखस्द हो । उनले ट्वीटरमा लेखेका छन् उनीहरुलाई क्वारेनटाइनमा राख्न कसैको आदेश चाहिदैन । तत्काल बिषेश क्वारेनटाइनमा राखौँ श्रेष्ठले सिमा नाकाभित्र खुला आकाशमा राख्न नहुने बताएका छन् ।
विदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन । सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेकोरुहुनै सक्दैन । ट्वीटरमा लेखेका छन् ।
प्रतिक्रिया