सल्यान ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका ३ जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका २ र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका १ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा। अर्जुन बुढाले जानकारी दिए ।
उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । यही १० चैत गते कामको सिलसिलामा भारतबाट घर आएका बनगाड कुपिण्डे–१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उनकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । रासस
प्रतिक्रिया