एजेन्सी ।
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दक्षिण एशियाली राष्ट्र (सार्क)हरुमा पनि तीब्र गतिमा फैलिन थालेको छ ।
दक्षिण एसियामा कोरोना भाइरसबाट पाकिस्तान सबैभन्दा बढी प्रभावित भएको छ । पाकिस्तानमा हालसम्म २६ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
पाकिस्तानपछि भारतमा संक्रमितहरुको संख्या सबैभन्दा बढी छ । भारतमा हालसम्म १६ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै अफगानिस्तानमा १९६ जना कोरोनाबाट संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । श्रीलंकामा हालसम्म २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १४६ जना संक्रमित बनेका छन् ।
बंगलादेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । ५४ जना संक्रमित भएका छन् ।
यस्तै अन्य देशहरु माल्दिभ्समा १९, नेपालमा ५ र भुटानमा ४ जना संक्रमित भएको पुष्टि भएको छ ।
प्रतिक्रिया