मायादेवी अनलाइन, कपिलवस्तु ।
विश्व क्रिकेटकै सबैभन्दा रोचक टि २० फर्मयाटको इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चित बनेको छ । विश्वभर महामरीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस) को कारण आइपिएलको भविष्य अनिश्चित बनेको हो । विश्व जगत्मा खेलकुदका सम्पूर्ण गतिविधी ठप्प भएका बेला आइपिएल अनिश्चित बनेसंगै विश्वभरका क्रेकेटप्रेमी चिन्तित बनेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले हालसम्म कुनै आधिकारीक सुचना सार्वजनिक नगरेपछि वैशाखमा हुने भनिएको १३ औं संस्करणको लिग हुने या नहुनेमा शंका उत्पन्न भएको छ । यद्यपी भारतीय संचारमाध्यमका अनुसार आइपिएल आगामी अक्टोबर या नोभेम्बरमा हुन सक्ने बताइएको छ ।
यो कुरा बिसिसिआईका एक सदस्यले भनेका छन् । अष्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म टि २० विश्वकप हुँदैछ । उक्त विश्वकप स्थगित भएको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुन सक्ने टाइम्स अफ इन्डिया’ले जनाएको छ । तर यो आधिकारीक निर्णय भने होइन । यता विश्वकपको विषयमा आइसिसीले कुनै सुचना सार्वजनिक गरेको छैन ।
१३ औं संस्करण आइपिएल सुरुवातमा चैत्र १६ देखि सुरु हुने कार्यतालिका थियो । तर कोरोना भाइरसको कारण बिसिसिआईले उक्त मिती सार्दै वैशाख ३ देखी हुने बताएको थियो । भारतमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ । वैशाख २ गते सम्म त भारतमा लकडाउन नै छ । उक्त लकडाउनको समय अझै बढ्न सक्ने भएकाले पनि आइपिएल २०२० को भविष्य अनिश्चित बनेको हो ।
प्रतिक्रिया